असार २२, २०८२ आइतबार July 6, 2025

दक्षिण अफ्रिकी क्रिकेट टोलीले पाकिस्तानमा टी ट्वान्टी खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण अफ्रिकी क्रिकेट टोलीले १४ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । आगामी वर्षको जनवरी २६ देखि फेब्रुअरी १४ सम्म दक्षिण अफ्रिकी क्रिकेट टोलीले पाकिस्तानमा दुई टेष्ट र तीन टी ट्वान्टी खेल्ने तय भएको छ ।

अफ्रिकी क्रिकेट बोर्डका अनुसार जोहान्सवर्गबाट अफ्रिकी टोली जनवरी १६ मा पाकिस्तानका लागि प्रस्थान गर्नेछ । दश दिनको क्वारेन्टिनपछि रावलपिण्डीमा दुई म्याचको टेष्ट श्रृखंला सुरु हुनेछ । टेष्ट सम्पन्न हुनेबित्तिकै अफ्रिकी टोली तीन म्याचको टी ट्वान्टी खेल्न लाहोर पुग्नेछ ।

दक्षिण अफ्रिका पछिल्लो एक वर्षमा विश्व टेष्ट च्याम्पियनसिप खेल्न पाकिस्तान भ्रमण गर्ने तेस्रो टोली हुनेछ । श्रीलङ्काले यसैवर्षको सुरुवातमा पाकिस्तान भ्रमण गरेको थियो । लगत्तै बंगलादेशले खेल्यो ।

श्रीलङ्का क्रिकेट टोलीको पाकिस्तान भ्रमणको क्रममा आतंककारी आक्रमण भए यता पाकिस्तानको घरेलु मैदानमा क्रिकेट गतिविधि शून्यप्रायः भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार