काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद राजेन्द्र लिंदेनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ ।
निमोनियाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई झापाबाट काठमाडौं ल्याइएको हो ।
उनी केही दिनअघि बिएन्डसी अस्पताल भर्ना भएका थिए ।
त्यहाँ उनको उपचार हुने सम्भावना कम भएपछि उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । उनलाई निमोनिया भएको बिएन्डसी अस्पतालले जनाएको छ । उनको कोरोनाभाइरस रिपोर्ट भने आइसकेको छैन ।
उनी राप्रपाका एक मात्र प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया