काठमाण्डौंः भारतको झारखण्डस्थित दुमका जिल्लाको मुफ्फसिल थाना क्षेत्रको एक गाउँमा ५ बच्चाकी आमामाथि सामुहिक बलात्कार भएको छ ।
महिलाका पतिलाई बन्धक बनाएर १७ जना व्यक्तिले बलात्कार गरेका थिए । घटनाको जानकारी पाएपछि पुलिसले अनुसन्धान शुरु गरेको जनाइएको छ ।
मंगलवार बजारबाट फर्किंदै गर्दा राती करिव ८ बजे यो घटना भएको जनाइएको छ । यो घटना अरुलाई बताए ज्यान मार्ने धम्की दिएको समेत श्रीमानले जनाए ।
साथै ति मध्येका एक राम मोहली नाम गरेका आरोपी पक्राउ परेका छन् । तर उनले इन्कार गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया