असार २८, २०८२ शनिबार July 12, 2025

शनिवार नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि – एकैदिन १३ सय ५९ जना डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३ सय ५९ जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

सक्रिय संक्रमित ११ हजार ६ सय ७३ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख २५ हजार ८ सय ६० भएको छ । देशभर ५ सय १९ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ८९ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
२०८२ असार २८, शनिबार
चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
२०८२ असार २८, शनिबार
गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्
२०८२ असार २८, शनिबार
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
२०८२ असार २८, शनिबार