काठमाण्डौंः पूर्वी नवलपरासीमा वडाध्यक्षसहित नाैजना जुवाखालबाट पक्राउ परेका छन् । पूर्वी नवलपरासीको कावासोतीमा तास खेल्दै गर्दा बौदीकाली गाउँपालिका १ का अध्यक्ष ४९ वर्षीय टोलनाथ कँडेलसहित नाैजना पक्राउ परेका हुन् ।
शनिबार दिउँसो एक लाख ६८ हजार नौ सय १० रुपैयाँ नगदसहित उनीहरू पक्राउ परेका हुन् । कावासोती २ का ५२ वर्षीय राम्जी केसी, ४४ वर्षीय चुडामणी कँडेल, कावासोती ८ का ३८ वर्षीय श्रीधर शर्मा, कावासोती ३ का ४० वर्षीय बलबहादुर गुरुङ, ४१ वर्षीय गमबहादुर सिंजाली, ३३ वर्षीय किरण केसी, कावासोती ४ का ४१ वर्षीय रुमबहादुर सिंजाली र कावासोती १६ का दुर्गा गिरी पनि पक्राउ परेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया