असार २५, २०८२ बुधबार July 9, 2025

अमेरिकामा भोलीदेखि कोरोनाविरुद्धको खोप लगाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए) ले फाइजर–बायोएनटे कम्पनीले विकास गरेको खोपलाई स्वीकृति दिएसँगै सो खोप सोमबारदेखि सर्वसाधारणलाई दिइने भएको छ ।

अमेरिकाले पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, स्याहर गृहमा बसिरहेका ज्येष्ठ नागरिक तथा जोखिमयुक्त क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई खोप दिनेछ । ३३ करोड जनसंख्या भएको अमेरिकाका करिब ३० लाख जनालाई पहिलो चरणको खोप पुग्ने छ ।

अमेरिकाका विभिन्न राज्यका सोमबार १४५ र मंगलबार ४२५ स्थानमा खोपको व्यवस्था गरिने बीबीसीले जनाएको छ । फाइजर–बायोएनटेक कम्पनीले विकास गरेको सो खोपले ९५ प्रतिशतसम्म कोरोना संक्रमणबाट जोगाउन सहयोग गर्ने जनाइएको छ । अमेरिकाले खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइने बताएको छ ।

फाइजरले डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्ने योजना बनाएको छ । कोभिड–१९ प्रतिरक्षाका लागि यो खोप दुई पटक लगाउनु पर्नेछ । पहिलो खोप लगाएको तेस्रो हप्ता अर्थात् २१ दिनका दिन दोस्रो खोप लगाउनु पर्नेछ ।

फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया, बहराइनले अनुमति दिइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया