काठमाण्डौंः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत झापाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
झापा गौरादह–५ की ५५ वर्षीया महिलाको शनिबार राति साँढे ११ बजेतिर मृत्यु भएको अस्पतालका ब्यवस्थापक नारायण दाहालले जानकारी दिए ।
मंसिर २१ गते कोरोना भारईरस (कोभिड-१९) पीसीआर परीक्षण गराउँदा निज महिलामा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि नोबेल अस्पताल उनलाई भर्ना गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया