असार २८, २०८२ शनिबार July 12, 2025

संवैधानिक परिषदको बैठक बस्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज विहान ९ बजेका लागि बोलाइएको संवैधानिक परिषदको बैठक बस्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस अघि नै बैठकमा आउन नसक्ने जनाउ दिएका थिए । कांग्रेसको पूर्वनिर्धारित विरोध कार्यक्रमको तयारीका लागि बाहिर जानु पर्ने भन्दै देउवा बैठकमा आउन नसक्ने बताएका थिए।

संवैधानिक निकायमा रिक्त रहेका पदमा पदाधिकारी नियुक्तिको विषयमा बैठकमा छलफल हुने भनिएको थियो। अख्तियार प्रमुखसहित ३ सदस्य, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, वित्त आयोगसहित अन्य आयोगमा पदाधिकारीको पद खाली छ।

बैठकमा सभापति देउवा मात्र होइन सभामुख अग्नि सापकोटा पनि गएका थिएनन्।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश सदस्य हुन्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया