काठमाण्डौंः गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा बागमतीलाई हराउँदै राप्ती फाइनल प्रवेश गरेको छ । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतवार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो ।
लगातार दोस्रो खेलमा पराजित भएपछि बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।
१ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती २ बल बाँकी छँदै अलआउट भयो । बागमतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । ३३ बलको सामना गरेका अमितले २ चौका र छक्का प्रहार गरेका थिए । फाइनलमा राप्ती र नारायणी भिड्ने छन् ।
दुवै टोली एक खेल अगावै फाइनल पुगेका हुन् । फाइनल पुगेका राप्ती र नारायणीबीचको खेल सोमवार हुनेछ । मंसिर ३० गते फाईनल खेल हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया