असार २८, २०८२ शनिबार July 12, 2025

संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी- सभामुख र प्रतिपक्ष दलका नेता अनुपस्थित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवाश बालुवाटारमा सुरु भएको छ ।

नयाँ अध्यादेश जारी भए अनुसार ३ जना मात्रैले पनि कोरम संख्या पुग्ने भएकाले संबैधानिक परिषद बैठक शुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । बैठकले संबैधानिक निकायहरुको नियुक्ति गर्न सक्ने संभावना रहेको बताईएको छ ।

साँझ सवा पाँच बजेबाट जारी बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् । बैठकमा सहभागी तीनै जनाले हाँसेर फोटो समेत खिचाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित छन् । त्यसैगरी प्रतिनिधि सभाका उपसभामुख पद रिक्त रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया