असार २५, २०८२ बुधबार July 9, 2025

नाइजेरियाली सयौँ विद्यार्थी अपहरण बोको हरामले गरेको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नाइजेरियाको एक विद्यालयमा गत हप्ताको अन्त्यतिर भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन रहेकोमा घटनाको मङ्गलबार बोको हराम समूहले जिम्मा लिएको छ ।

गत शुक्रबार र शनिबार उक्त समूहले विद्यालयको छात्रवासमा प्रवेश गरी उनीहरूलाई अपहरण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका थिए । जिहादी बोको हराम समूह र यसको प्रतिस्पर्धी स्लामिक स्टेटले पश्चिमी अफ्रिकी क्षेत्रमा एक दशक पहिले सुरु गरेको विद्रोह अझै पनि नाइजेरियाको उत्तरपूर्व र छिमेकी क्यारून, चाड र नाइजरमा शान्त भएको छैन ।

नाइजेरियाको कात्सिना राज्यका गभर्नर अमिनु बेल्लो मासरीका अनुसार अपहरणकारीले प्रशासनसँग सम्पर्क गरेको र अपहरणमा परेका विद्यार्थीको सुरक्षा प्रत्याभूत गर्न र उनीहरूको परिवारसम्म छात्रहरूलाई पु¥्याउन पहल लिइरहेको छ ।

नाइजेरियाली टेलीभिजन तथा अन्य सञ्चारमाध्यमले सशस्त्र समूहले गरेको आक्रमणपछि करिब २०० विद्यार्थी फिताशनिबार र आइतबारसम्म फिर्ता आएको तर अझै ३३३ विद्यार्थी सम्पर्कमा आउन नसकेको बताएका छन् । शुक्रबार भएको उक्त आक्रमण अफ्रिकी लुटेराहरूको समूहले गरेको सरकारले बताएको भएपनि मङ्गलबार बोको हराम समूहले उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार