काठमाडौंः गौतम बुद्ध कप प्रतियोगिता उपाधि राप्तीले जितेको छ । मंगलबार गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो ।
जितका लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो ।
त्यसअघि गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको राप्तीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो ।
प्रतियोगितामा राप्ती, नारायणी र बागमती गरि तीन टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया