असार २८, २०८२ शनिबार July 12, 2025

बुधबार थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी – मृतकको संख्या १७ सय ४३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार देशभर आज एकैदिन ८ सय ४७ जना कोरोना भाईरस संक्रमण मुक्त भएका छन् । यस्तै १३ जनाको मृत्यु भएको छ।

देशभर कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ भने कोरोना संक्रमण मुक्त हुने २ लाख ३८ हजार ५ सय ६९ रहेको छ। सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको मन्त्रालयले जनाएको छ। यस्तै मृतकको संख्या १७ सय ४३ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया