असार २६, २०८२ बिहिबार July 10, 2025

अफगानबाट अमेरिकी सेना हटाइदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानबाट अमेरिकी सेना हटाउन वासिङ्टनले भेटघाटलाई तीब्र पारेको छ ।

यसै क्रममा एक उच्च अमेरिकी सैनिक जनरलले यो साता अफगानी राष्ट्रपति असरफ घानीसँग भेट गरी अमेरिकी सैनिक फिर्ता प्रक्रियाबारे कुराकानी गरेको पेन्टागन स्रोतले बिहीबार जानकारी गराएको छ ।

स्रोतका अनुसार अमेरिकी उच्च सुरक्षा अधिकारीले यसै हप्ता कतारमा तालीवान नेतालाई पनि भेट गरेको बताइएको छ ।

कतारमा तालीवान नेतासँग भएको भेटमा अमेरिकी सेनाका उच्च जनरल मार्क मिलीले अफगानिस्तानका लागि अमेरिकी प्रतिनिधि, अफगानिस्तानी सरकार र तालिवान समूहबीच भएको सम्झौता अनुसार राजधानी काबुललगायतका स्थानमा जारी हिंसात्मक आक्रमणलाई रोक्न आग्रह गरेको छ ।

राजनीतिक सहमति अनुसार अफगानिस्तानमा हिंसा रोक्न दुबैपक्षलाई दवाव दिएको प्रवक्ता तथा कमाण्डर सारा फ्लाहर्टीले बताए । क्षेत्रीय स्थायित्व र सुरक्षाका साथै अमेरिकी हितका लागि भेट उपलब्धिमुलक भएको पनि उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार