असार २३, २०८२ सोमबार July 7, 2025

स्नातकोत्तर तह (पिजी)को प्रवेश परीक्षा पुस १८ बाट हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा पुस १८ गतेबाट सुरु हुने भएको छ ।

सर्वोच्च अदालतले मुद्दा खारेज गरेपछि आज चिकित्सा शिक्षा आयोग सूचना जारी गर्दै पुस १८, १९ र २० गते पिजीको एकीकृत प्रवेश परीक्षा संचालन गर्ने जानकारी दिएको हो ।

यसअघि आयोगले असोज २७, २८ र २९ गते परीक्षा संचालन गर्ने निर्णय गरेपनि सर्वोच्च अदालतले असोज २२ गतेको अन्तरिम आदेश जारी गरेपछि परीक्षा स्थगित भएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए ।

कोरोनाभाइरस संक्रमित परीक्षार्थीका लागि परीक्षा केन्द्रमा छुट्टै व्यवस्था गरिने उनले बताए ।

यस्तै एमडिएस, एमफार्म, एमएससी, एमपीएस, एमएससी एमआइटी, एमएससी क्लिनिकलरमेडिकल बायोकेमिस्ट्री लगाएतका परीक्षा भने पुस २० गते हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया