काठमाडौंः शुक्रबार नेपालमा कोरोनाभाइरसका ७८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल कोरोना सङ्क्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल नौ हजार ३१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०२९ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४१ हजार ३९२ जना निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७६५ जनाको मृत्यु दत्र्ता गरिएको छ । मन्त्रालयले हाल नौ हजार ३१७ जना आईसोलेशनमा रहेको र ४२७ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया