काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका छन्।
प्रधानमन्त्री ओलीले संसद् बिघटनको लागी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको बताइएको छ।
प्रधानमन्त्री ओलीले आज आईतबार बिहान ९ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए। सो बैठकमा संसद विघटन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउदै प्रचण्ड खेमाका नेताहरु बाहिरिएका थिए ।
सरकारले मंसिर ३० गते ल्याएको अध्यादेश चौतर्फी विरोधपछि पुस १ गते नै फिर्ता लिने सहमतिमा प्रधानमन्त्री ओली पुगेका थिए। तर प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिई एक्कासि संसद विघटन सिफारिस गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया