असार २८, २०८२ शनिबार July 12, 2025

वैशाख २३ मा आमचुनाव गर्न राष्ट्रपति समक्ष ओलीको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो समयमा नेकपामा विवाद बढ्दै गएको छ । यसै विच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्न राष्ट्रपति समक्ष प्रस्ताव राखेका छन् । उनले आइतबार राष्ट्रपतिलाई भेटेर उक्त प्रस्ताव राख्दै शीतलनिवासबाट निस्किएका थिए ।

बिहान ११ बजे राष्ट्रपति भेट्न शितल निवाश पुगेका ओलीले आगामी बैशाख २३ गते आम चुनावको मिति समेत उपर्युक्त हुने सुझाव दिएका हुन् ।

आईतबार बािहान मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शीतल निवास गएका थिए ।

ओलीले लामै समय राष्ट्रपति निवास पुगेर सिफारिसबारे भण्डारीलाई मनाउने प्रयास गरेको स्रोतले बताएको छ । ओलीको प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन गर्ने नगर्नेबारे केही खबर नबाहिरिएको जनाइएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया