असार २४, २०८२ मंगलबार July 8, 2025

ज्यान मार्ने उद्योग र अङ्भङ्ग मुद्दाका फरार एक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: ज्यान मार्ने उद्योग र अङ्गभङ्गलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ निवासी ४० वर्षीय खगेश्वर गोहिवार रहेको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योग, अङ्गभङ्ग र अभद्र व्यवहार मुद्दामा फरार उनीलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने ती मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिनुभयो काठ बरामद वन कर्मचारीको गस्ती टोलीले सिरहाको गोलबजार–३ गोलामुक्सारबाट काठ बरामद गरेको छ ।

सबडिभिजन वन कार्यालय गोलबजार चोहर्वाबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ४० थान साखुको चिरान काठ बरामद गरेको हो । लुकाइछिपाइ राखेको अवस्थामा शुक्रबार उक्त काठ बरामद भएको सबडिभिजन वन कार्यालय गोलबजारका फोरेष्टर कासिन्द्र यादवले जानकारी दिनुभयो ।

बरामद काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लहान पठाएको उहाँले बताउनुभयो । बरामद काठ कसको र के प्रयोजनका लागि राखेको अझै खुल्न नसकेको जनाइएको छ । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया