श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेकपा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबिच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्यूनिस्ट पार्टी (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच शनिबार भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्डको निम्तोमा दुई नेताबीच करिब एक घण्टा वार्ता भएको हो ।

वार्ताको क्रममा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आएर प्रधानमन्त्रीको असंबैधानिक कदमको विरुद्धमा एक भएर सामना गर्न अनुरोध गरेको स्रोतले बताएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद विघटन प्रकरण पछि नेकपा विभाजित भएपनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतैपनि खुलेका छैनन् । दुबै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आएपनि उनले हालसम्म निर्णय लिइसकेका  छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया