काठमाण्डौं: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेको केही समयमै राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् ।
राष्ट्रपतिको उक्त्त कदमको यतिबेला देशब्यापी रुपमा विरोध भईरहेको बेलामा राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् ।
राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा पुस ५ गते नै विघटन गरेकी थिइन् । सरकारको सिफारिसमा भएको सो कदमको अहिले चौतर्फी आलोचना भएको छ भने सोही कारण सत्तारुढ नेकपा विभाजित बनेको छ । उनको कदमलाई आमजनताले संविधानमाथीको नाङ्गो हमला भनि सर्वत्र विरोध गरिरहेका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया