असार २३, २०८२ सोमबार July 7, 2025

नवनियुक्त्त उर्जामन्त्रीबाट पदभार ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन ।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त्र उर्जामन्त्री रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् ।

उनले कुनैपनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भएपनि  एमसीसीलाई लागू गरेर कार्यान्वयनमा लैजानु पर्ने उनको बताएका थिए ।

‘एमसीसीमा कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरु छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन ।’

पछिल्लो समयका हरेका सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएकोले पनि पास गरेर अगाडि बढ्नुपर्ने बताए । एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोडने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको उर्जा उत्पादनमा ठूलो नोक्सानी पु-याउने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया