श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प छैन भुषाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताउनुभएको छ ।

नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भन्नुभयो, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।

” पूर्वमन्त्री भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने जनाउँदै अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता भुसालले नेकपाले आयोजना गरेको रुपन्देही जिल्ला भेलालाई समेत सम्बोधन गरेका छन । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया