असार २३, २०८२ सोमबार July 7, 2025

पप्पु कन्स्ट्रक्सन बल्ल पर्यो अख्तियारको फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका प्रतिनिधि सुमित रौनियारसहित पाँच जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालिन दिगो शहरी यातायात आयोजनाका निमित्त प्रमुख बेल बहादुर नेपालीबिरुद्ध पनि टेकुमा निर्माणाधिन पक्की पुलमा अनियमितता भएको उजुरीबारे अनुसन्धानपछि  मुद्दा दायर गरेको छ ।

विभिन्न ठेक्का पट्टाहरु लिने र समयमा काम नगर्ने आरोप लाग्ने गरेको यो कम्पनिले पछिल्लो समय टेकुको पुल चिनियाँ कम्पनी झोङ्दिङ इन्टरनेशल इन्जिनियरिङ कम्पनीसँगको जेभीमा पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । तर, स्वीकृत डिजाइन तथा स्पेशिफिकेशन बमोजिम निर्माण नगरेकोबारे आयोगले अनुसन्धान गरेको थियो ।

अख्तियारको टोलीले  अनुसन्धानबाट भ्रष्टाचार गरेको आरोपमा सुमित रौनियार, बेल बहादुर नेपाली, आयोजनाका तत्कालिन लेखा अधिकृतहरु नारायणबहादुर थापा, गिरी प्रसाद श्रेष्ठ, र श्याम बहादुर खत्रीबिरुद्ध अख्तियारले विशेष अदालतमा रिट दायर गरेको छ ।

समयमा काम नगर्ने आरोपीहरु उपर १ करोड १४ लाख ७६ हजार बिगो मागदावी गरिएको छ । अख्तियारले छानविन थालेपछि टेकुमा निर्माणाधिन सो पुल अलपत्र छ । ठेकेदारसँग मिलेर सरकारी कर्मचारीले समयमा काम नहुँदा पनि तेस्रो पटकसम्म म्याद थप सिफारिस गरेर धरौटी रकम फुकुवा गराउँदा सरकारलाई हानी–नोक्सानी हुन गएको आयोगको अनुसन्धानबाट थाहा भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया