श्रावण ३, २०८२ शनिबार July 19, 2025

गोरखाको सिरानचोक गाउँपालीकामा प्रचण्ड-माधव पक्षको भेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: गोरखा जिल्लाको सिरानचोक गाउँपालीकामा प्रचण्ड-माधव समुहको वृहत भेला आयोजना भएको छ ।

नेकपाको केन्द्रमा देखिएको विवाद तल्लो स्तरसम्म पुग्ने क्रममा गोरखा जिल्लाको सिरानचोक गाउँपालीकामा बुधवार प्रचण्ड-माधव पक्षले भेला आयोजना गरेको हो ।

उक्त भेलामा प्रमुख अतिथीका रुपमा केन्द्रिय सदस्य लेखनाथ न्यौपाने, गण्डकी प्रदेश कमिटीका सदस्यद्धय हरी काफ्ले, दिपक देवकोटा र नेकपा जिल्ला सचिवालय  नवराज पुडासैनी लगाएतले सम्वोधन गरेका थिए ।

सम्वोधनको क्रममा केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण पार्टीले अहिलेको अवस्था भोग्नुपरेको बताए । पार्टीको बैठकमा उपस्थित हुन नमान्ने, उपस्थित भैहालेमा पनि कुनै निर्णय हुन नदिने, कुनै निर्णय भएमा पनि त्यसलाई कार्यान्यन नगर्ने तानाशाही प्रवृतिका कारण अहिलेको अवस्था आएको बताए । साथै उनले सम्माननीय सर्वोच्च अदालतले संसदको विघटन विरुद्ध फैसला गर्नेमा आम जनताहरु ढुक्क रहेको समेत बताए ।

त्यस्तै सम्वोधनको क्रममा प्रदेश कमिटी सदस्य हरी काफ्लेले पार्टी अझैपनि औपचारीक ढङ्गबाट नफुटेको भन्दै संसदको पुनर्स्थापना भएर पार्टीमा भएको कमी-कमजोरीहरु सबैले मनन गरेर पार्टी एक हुनेमा आम कार्यकर्ता तथा पार्टीका शुभचिन्तकहरु आशावादी रहेको बताए । त्यस्तै गरेर अर्का प्रदेश कमिटी सदस्य दिपक देवकोटाले प्रधानमन्त्री ओलीले चाहदैमा संसद विघटन हुन नसक्ने भन्दै संविधानको प्रावधानमा हुदै नभएको कुरालाई अदालतले साथ नदिने भन्दै संसद पुनर्वाहाली हुने कुरामा अदालत प्रति सबैको आशा रहेको बताए ।

तेस्तै जिल्ला सचिवालय सदस्य नवराज पुडासैनीले  २०७५ जेठ ३ गते पार्टि एकता हुदा ३ महिना भित्र सबै तहको एकता टुङ्ग्याउने र २ वर्ष भित्र एकताको महाधिवेशन गर्ने सहमति कार्यान्वयन भइ पार्टि समाजवादी बाटोमा हाकिएर जानु पर्ने बेलामा पार्टी फुटको अवस्था ब्यहोर्नु अकल्पनीय बिडम्बना भएको बताउनु भयो । यसो हुनुमा केन्द्रमा केपि ओलि प्रमुख जिम्मेवार रहेको भन्दै सिरानचोकमा पनि उस्तै प्रवृत्तिले पार्टि गतिशीलतालाइ अल्मलाइरहेको बताएका थिए ।

सिरानचोक गाउँपालीकाको वडा नं ४ स्थित चोरकाटे भन्ने ठाउँमा करिब १५० जनाको कार्यकर्ताको उपस्थितीमा भेला सम्पन्न भएको नेकपाका नेता तथा सो कार्यक्रम सञ्चालक तिलक वहादुर बानीयाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया