काठमाडौं: नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गरेका छन ।
सम्वोधन गर्ने क्रममा अर्को समूहको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’
प्रधानमन्त्री समेत रहेका ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताए । अघि भने, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’ र भनेर व्यङग्य समेत गरेका थिए ।
उनले जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्न नजाने उनले बताए । ओलीले अघि भने, ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’
पुर्वएमालेका साथीहरुले आफूरु आधिकारिक भएको दाबी गर्दै उनले अहिले पनि प्रचण्डलाई अध्यक्ष, माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेको बताए । अघि भने, ‘अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन । कारणहरु होला, आउन होला । हामी सम्झाउन खोजिरहेका छौं ।’
ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’ संविधानको रक्षा चुनावले मात्र गर्ने भन्दै चुनावमा गएर देशलाई निकास दिन समेत आग्रह गरेका छन ।
प्रतिक्रिया