काठमाण्डौं: काम चलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको भएतापनि केही नेताको व्यक्त्तिगत स्वार्थको लागी बताएका छन् ।
मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली उनले कम्युनिष्ट पार्टीको एकता अहिलेको देशको मुख्य कुरा भएको बताएका हुन् । सो समूहका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता विरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताए ।
उनले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे । उनले अझै पार्टी एकता जोगाउन सकिने बताउँदै भने– ‘म एकताको पक्षमा दृढ छु ।’ उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपाल सरकार र पार्टी विरोधी गतिविधिमा लागेकोले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए ।
उनले – ‘ प्रचण्ड–माधवहरुप्रति कटाक्ष गर्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नका लागि सरकार र पार्टी विरोधी हर्कतमा अन्तिम समयसम्म पनि लागि परे ।’ उनले अब पार्टी नयाँ ढंगले निर्माण हुने बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा सो समूहका स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न खोज्नु लज्सापद काम भएको भनि उनले कडा आलोचना समेत गरेका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया