असार २३, २०८२ सोमबार July 7, 2025

ओली प्रवृतिका कारण अहिलेको अवस्था आयो : अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली व्यक्त्रीको नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् ।

बिहीबार नागरिक समाजका अगुवाहरुसँग भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका लागि पार्टीमा आवाज उठाएको भएतापनि ओलीले त्यसको बेवास्ता गरेका कारण अहिलेको समस्या आएको बताए ।

विकाश र समृद्ध नेपालको नारा र कोरोना लगायतका जनताका मुद्दाहरुमा पार्टीभित्र विवाद बहस गर्न खोज्दा छलफल नै नगरेपछि आफूहरुको केही नलागेको उनले बताए । फरक मत राख्नेहरुलाई बाँकी नराख्ने र गणेशहरु मात्र खोज्ने ओलीको त्यही प्रवृत्तिलाई चित्रण गरेर आफूले बा बा प्रवृत्ति भनेको पूर्व प्रधानमन्त्री नेपालले बताए ।

संविधानकै हत्या गर्ने ओली ईतिहासकै कंलक भएको भन्दै उनले भने ओली होइन, ओली प्रवृत्ति पार्टीभित्र र बाहिर सबैका लागि समस्या भनेको भन्दै उनले भने, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया