असार २५, २०८२ बुधबार July 9, 2025

ट्रम्पको ट्वीटर खाता बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ ।

ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उहाँको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो । उहाँको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उहाँले राखेकाले उहाँको खाता हटाउन बाध्य भएको कम्पनीको भनाई छ । अमेरिकाको संसदमा उहाँका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्वन्धी भिडियो उहाँले ट्वीटरमा राखेपछि उहाँको सर्वत्र आलोचना भएको थियो ।

उहाँले हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उहाँविरुद्धको आक्रोस थप बढेको थियो । ट्वीटरमा उहाँले राखेको भिडियो हटाउन सर्वत्र दवाव आएपछि ट्वीटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि उहाँले ट्वीटरको दुरुपयोग गरेको भन्दै ट्वीटरले उहाँको खाता केही समय बन्द गरिदिएको थियो । अहिले भने सधैँका लागि बन्द गरिदिएको हो । राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै धेरैले आलोचना पनि गरेका थिए ।

अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए । बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको “राक्षसी व्यवहार“ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताउनु भएको थियो ।

अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौँ समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए । हिंसामा परी चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीको मृत्यु भएको छ । (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार