असार २५, २०८२ बुधबार July 9, 2025

चीनमा कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । तर विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो ।

तर शनिबार चीनले ती अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको लागि अनुमति दिइएको बताएको छ । चीनको वुहान शहरमा कोभिडको भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् ।

उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरुलाई यस विषयमा अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरुको आगमन हुने बताइएकोले चीनले उनीहरुको स्वागत गर्नेछ । चीनको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले ती अधिकारीहरुले चीनमा कोभिड १९ को उत्पत्तिको बारेमा गर्ने अनुसन्धानमा पूर्ण रुपमा सघाउन चीन तयार रहेको । चेनले भन्नुभयो–विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानका विषयमा उनीहरुको कार्यक्रम र कार्य सूची के कस्तो छ भन्ने बारेमा हामीलाई थाहा दिएपछि उनीहरुसँगै हाम्रा अनुसन्धान अधिकारीहरु पनि वुहान जान तयार छन् ।

यस अनुसन्धानमा आफूहरुले आवश्यक सहयोग गर्ने र उनीहरुको कार्यक्रमअनुसार नै आफ्ना अनुसन्धान अधिकारीहरु वुहान जाने पनि चीनका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् ।  (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार