असार २३, २०८२ सोमबार July 7, 2025

टोखामा दुई दम्पति मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती शंकास्पद रुपमा मृत फेला परेका छन् ।

शंकास्पद रुपमा शुक्रवार पौने ९ बजे दम्पती मृत अवस्थामा फेला परेपछि अहिले प्रहरीको ध्यान घटनाप्रति पुगेको छ ।

ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताएका छन ।

कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको छ । पत्नी सुदिक्षाचाहिँ झुण्डिएको अवस्थामा फेला परेकी छिन् । उमेश र सुदिक्षा इन्जिनिर भएको बताइएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

घटनास्थलमा रगत लागेका अवस्थामा सिलौटो फेला परेको छ । सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेपनि थप विवरण आउन बाकीँ रहेको छ ।

उमेशको परिवार अमेरिका बस्दै आएका छन् । उमेश केही समयअघि अमेरिकाबाट काठमाडौं फर्केका हुन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भईरहेको र चाँडैनै घटनाको सत्य तथ्य वाहीर आउने प्रहरीले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया