असार २८, २०८२ शनिबार July 12, 2025

नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको हो।

यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ सय ९० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ४८ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया