असार २५, २०८२ बुधबार July 9, 2025

जर्मनीमा लश्चेत मर्केलको ‘उत्तराधिकारी’ चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू) ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई चयन गरेको छ । लाचेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिकताको रक्षकका रूपमा हेर्ने गरिएको छ । लाचेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेश मामिला विज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै शनिबार ५९ वर्षीय लश्चेत सीडीयू प्रमुख चयन हुनुभएको हो । सीडीयू अध्यक्षले परम्परागत रूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ । यसको अर्थ लश्चेत जर्मनीको चान्सलरमा प्रतिस्पर्धा गर्नुहुने सम्भावना बढेको छ ।

व्यावहारवादी, प्रतिष्ठित तथा मृदुभाषी उदारतावादी लाश्चेत हाल जर्मनीको सबैभन्दा बढी जनसंख्या भएको नर्थ राइन–वेस्टफालियाको नेता हो । उहाँलाई मर्केलका एक वफादार अनुयायीका रूपमा मानिन्छ । सन् २०१५ मा जर्मनीले सिरिया लगायत अन्य मुलुकबाट आएका सयौं हजारौं आप्रवासीहरूको लागि सीमाना खुल्ला गर्दा मर्केललाई साथ दिने उहाँ एक इमान्दार नेताका रूपमा चिनिन्छ ।

आफ्नो राज्यमा आर्थिक र सामाजिक वरदानको रूपमा विविधतालाई स्वीकार गर्ने उहाँलाई मर्केलभन्दा अझ बढी आप्रवासी समर्थकको रूपमा हेर्ने गरिन्छ । सीडीयूको नेतृत्व गर्ने अभियानको क्रममा उहाँले आफूलाई मर्केलले निरन्तरता दिने उम्मेदवारको रूपमा उभ्याउँदै स्टर्न पत्रिकासँग ‘मर्केलसँग विभाजित हुनुले जर्मनीबारे विश्वलाई एउटा गलत सन्देश पठाइने’ बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार