असार २८, २०८२ शनिबार July 12, 2025

तातोपानीबाट २० दिन आयात बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो।

चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ। चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए। ‘चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोबार पनि हुँदैन,’ उनले भने। गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति गरेको मितेरी पुल मर्मत थालेको चीनले जानकारी दिएको छ। बाढीले पुलका दुई स्पान (पिलर) का जग केही खोतलेको थियो। त्यही खोतलिएको जग पुर्न चीनले आयात बन्द गरेको प्रमुख खत्रीले बताए। पुल पुनर्निर्माण भएको डेढ वर्षमै चीनले मर्मत थालेको हो।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो। २०७६ जेठबाट मात्र यो पुल सञ्चालनमा आएको थियो। चीनले कोरोबार रोकिने पूर्वजानकारी गराएरै पुल मर्मत थालेको प्रमुख खत्रीले बताए। माघको अन्तिमतिरबाट मात्र कारोबार सञ्चालनमा आउन सक्ने उनले जानकारी दिए।

वार्षिक २०–२५ अर्बको आयात–निर्यातबाट पाँच अर्ब रूपैयाँ राजस्व संकलन गर्दै आएको यो नाका भूकम्पपछि लगातारजसो बन्द रहँदै आएको छ। भूकम्पपछिको चार वर्ष नाका पूर्ण रूपमा बन्द भयो। २०७६ जेठ १५ बाट नाका पुनः सञ्चालनमा ल्याइएको थियो। कोरोना महामारी, बर्खाको बाढीपहिरो लगायत कारण यसबीचमा आठ पटक नाका बन्द हुने र खुल्ने क्रम चलिरह्यो। अन्तिम पटक गएको असोजमा नाका पुनः खुलेपछि तीन महिनादेखि भने निरन्तर सञ्चालनमा थियो।

भित्रिए अलपत्र सामग्री

पुल मर्मतपछि नाका खुलेसँगै चीनबाट नयाँ सामग्री नेपाल भित्र्याउने बाटो खुलेको छ। कोरोना महामारीका कारण चीनका विभिन्न स्थानमा रोकिएका सामग्री भित्रिसकेकाले नयाँ सामान आयातको बाटो खुलेको सुक्खा बन्दरगाह भन्सार प्रमुख खत्रीले बताए। गत वर्षको माघदेखि नेपाली व्यवसायीका झन्डै एक हजार कन्टेनर सामग्री बीच बाटोमा रोकिएको थियो। चीनले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि ती सामग्री आउन सकेका थिएनन्।

पहिलो चरणमा अलपत्र सामग्री मात्र छुटाउने सर्तमा पछिल्लो पटक नाका सञ्चालनमा ल्याइएको थियो। पछिल्लो तीन महिनामा रोकिएका नेपाली व्यवसायीका सबै सामग्री भित्रिएको खत्रीले जानकारी दिए। उनका अनुसार कन्टेनर मोडेल लागू भएपछिको दुई महिनामा मात्र सात सय २८ कन्टेनर सामग्री भित्र्याइएको छ। ‘अब पुल मर्मतपछि मौसमअनुसारका नयाँ चिनियाँ आयातसहित नाका सञ्चालनमा आउँछ,’ प्रमुख खत्रीले भने। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार