असार २८, २०८२ शनिबार July 12, 2025

३२.१२% ले बढ्यो जीवन बीमा व्यवसाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरसका महामारीका बीच पनि चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ६ महीनामा बीमाशुल्क संकलन ३२ दशमलव १२ प्रतिशतले बढेको छ । कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले गत चैतदेखि असार/साउनसम्म नै जीवन बीमा व्यवसाय प्रभावित भएको थियो । तर, चालू आवको पुस मसान्तसम्म आउँदा जीवन बीमा व्यवसायमा उच्च सुधार देखिएको छ ।

बीमा समितिबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । समितिका अनुसार पुस मसान्तसम्म उनीहरूले रू. ६२ अर्ब ८५ करोड बीमाशुल्क संकलन गरेका छन् । गत आवमा उनीहरूले ४७ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

कुल बीमाशुल्कमध्ये रू. २१ अर्ब ४ करोड प्रथम बीमाशुल्क (बीमा गर्दा पहिलोपटक बुझाइने किस्ता) रहेको छ । समितिका अनुसार प्रथम बीमाशुल्क संकलन भने ३७ दशमलव ५१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा रू. १५ करोड ३० लाख प्रथम बीमाशुल्क संकलन भएको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना संकटमा पनि जीवन बीमा व्यवसायमा राम्रो वृद्धि देखिएको बताए । ‘कोरोना महामारीले जीवन बीमामा जति असर पुग्ने अनुमान गरेको थियौं, त्यो अनुसार भएन,’ उनले भने, ‘शुरूका समयमा केही अप्ठ्यारो भए पनि अहिले जीवन बीमा व्यवसायले गति लिइसकेको छ ।’

विशेषगरी कम्पनीहरूले नयाँ प्रडक्ट ल्याउनु, कोरोनाका कारण बीमाको महत्व बढ्नुलगायत कारण व्यवसाय बढेको उनले बताए । साथै, कम्पनीहरूले परिस्थितिअनुसार व्यावसायिक योजना बनाएर काम गर्दा पनि व्यवसाय बढेको उनको भनाइ छ । ‘यहीअनुसार नै व्यवसाय बढ्दै गए चालू आवको अन्त्यसम्म जीवन बीमाबाट मात्र १ खर्ब ३० करोड रुपैयाँ बीमाशुल्क संकलन हुन सक्छ,’ उनले भने ।

यता, प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले पनि कोरोना महामारीका बीच व्यवसायमा राम्रो वृद्धि देखिएको बताए । ‘कोरोना भाइरसका कारण अहिले जुन अप्ठ्यारो परिस्थिति उत्पन्न भएको छ । यस्तो हुँदाहुँदै पनि बीमाशुल्क संकलन राम्रो भएको छ,’ उनले भने, ‘साथै, यो यस तथ्यांकले अबका दिनमा पनि जीवन बीमा व्यवसाय बढ्दै जाने नै देखिएको छ ।’

कोरोना त्रासमा पनि भर्चुअल माध्यमबाट अभिकर्तालाई उत्पे्ररण दिने, नयाँ प्रडक्टका विषयमा जानकारी दिनेजस्ता कामहरू बीमा कम्पनीहरूबाट भएको छ । नवीकरण बीमाशुल्क अनलाइनमार्पmत पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ भने अनलाइनमार्फत नै बीमा पोलिसी जारी गर्न सकिने व्यवस्थासमेत केही कम्पनीहरूले गरेका छन् । यी कारणले पनि यस अवधिमा जीवन बीमाको व्यवसाय बढेको उनको भनाइ छ ।

कुल बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. १७ अर्ब ६२ करोड बीमाशुल्क संकलन गरेको छ । दोस्रो बढी बिमा शुल्क बढी संकलन गर्नेमा लाइफ इन्स्योरेन्स कम्र्पाेरेशन छ, जसले रू. ९ अर्ब ६१ करोड बीमाशुल्क संकलन गरेको छ । साथै, राष्ट्रिय बीमा संस्थानले रू. ५ अर्ब ५१ करोड बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले रू. ५ अर्ब ५४ करोड र युनियन लाइफले ३ अर्ब ३० करोड बीमाशुल्क संकलन गरेका छन् ।

प्रथम बीमाशुल्क संकलनको मामलामा पनि नेपाल लाइफ नै अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. ४ अर्ब ६७ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो नम्बरमा पनि एलआईसी नेपाल रहेको छ, उक्त कम्पनीले रू. २ अर्ब ५ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा नेशनल लाइफ छ । कम्पनीले रू. १ अर्ब ८५ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । युनियन लाइफले रू. १ अर्ब ७६ करोड र एशियन लाइफले रू. १ अर्ब १७ करोड प्रथम बीमाशुल्क संकलन गरेका छन् । अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार