असार २८, २०८२ शनिबार July 12, 2025

बैंकिङ क्षेत्रमा कोरोना असर: अधिकांश बैंकको नाफा घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना महामारीले बैंकिङ क्षेत्रमा पुर्‍याएको असर विस्तारै देखिन थालेको छ। चालु अर्थिक वर्षको ६ महिनामा अधिकांश बैंकको नाफा घटेपछि कोरोनाको असर देखिन थालेको बैंकरहरूले बताएका छन्।

कोरोना महामारी सुरु भएपछि एकातिर बैंकहरूको नियमित काम प्रभावित भएको छ भने अर्कोतर्फ ऋणीलाई ब्याजमा ठूलो रकम सहुलियत दिएका छन्। त्यस्तै अधिक तरलताले बैंक समस्यामा छन्।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कोरोना महामारी सुरु भएदेखि असारसम्म सबै बैंकहरूले ऋणीलाई ब्याजमा १३ अर्ब रूपैयाँ छुट दिएको बताए। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार वाणिज्य बैंकहरूले पुससम्म कर्जाको प्रोभेजनिङ गरेका कारण ऋणीलाई दिएको सहुलियत रकम अझै बढ्न सक्ने बताइन्छ।

२७ वाणिज्य बैंकमध्ये बिहीबारसम्म २६ वाणिज्य बैंकले वित्तीय विवरण प्रकाशित गर्दा धेरैको नाफा घटेको पाइएको छ। नाफा बढाएका बैंकको पनि झिनो अंकले सुधार भएको बैंकरहरू बताउँछन्। शर्माले कर्जाको प्रोभेजनिङका कारण बैंकको नाफामा पर्ने असर अझै देखिन बाँकी रहेको बताए। ‘बैंकिङ क्षेत्रमा परेको कोरोना असार एक–दुई वर्ष पछिसम्म देखिन सक्छ,’ उनले भने।

बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ६ महिनामा १० वाणिज्य बैंकको नाफा बढेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म तुलना गर्दा अहिले नाफा बढाउनेमा ग्लोबल आइएमई, एनएमबि, प्रभु, मेगा, प्राइम कमर्सियल र कुमारी बैंक छन्। यस्तै एनआइसी एसिया, सिटिजन्स, सनराइज र एनबी बैंकको पनि नाफा बढेको छ।

यीबाहेक वित्तीय विवरण प्रकाशित गरेका अन्य सबै बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेको छैन।

६ महिनाको अवधिमा सबभन्दा बढी ग्लोबल आइएमई बैंकले नाफा गरेको छ। गत वर्ष एक अर्ब ६८ करोड रूपैयाँ नाफा गरेको उक्त बैंकले यसपटक दुई अर्ब ३१ करोड रूपैयाँ नाफा गरेको छ। त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा एनआइसी एसियाले दुई अर्ब ६ करोड रूपैयाँ नाफा गरेको छ। सोही बैंकले अघिल्लो वर्ष दुई अर्ब एक करोड रूपैयाँ नाफा गरेको थियो।

अघिल्लो वर्ष एक अर्ब ३० करोड रूपैयाँ नाफा गरेको प्राइम बैंकले पुस मसान्तसम्म एक अर्ब ८१ करोड रूपैयाँ नाफा गरेको छ। एनएमबि बैंकले एक अर्ब ६१ करोड रूपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष उक्त बैंकले एक अर्ब नौ करोड रूपैयाँ नाफा गरेको थियो।

चालु वर्षको ६ महिनामा एक अर्ब ५१ करोड रूपैयाँ नाफा गरेको प्रभु बैंकले अघिल्लो वर्ष नाफा एक अर्ब आठ करोड रूपैयाँ नाफा गरेको थियो। मेगा बैंकले अघिल्लो वर्षको तुलनामा करिब ३५ करोड रूपैयाँ बढी नाफा गरेको छ। गत वर्ष ९५ करोड रूपैयाँ नाफा गरेको बैंकले यसपटक एक अर्ब ३० करोड रूपैयाँ नाफा गरेको छ।

त्यस्तै, कुमारी बैंकले अघिल्लो वर्षको तुलनामा ४१ करोड रूपैयाँले नाफा वृद्धि गरी एक अर्ब २१ करोड रूपैयाँ पुर्‍याएको छ। अघिल्लो वर्ष उक्त बैंकले ८० करोड रूपैयाँ नाफा गरेको थियो। नेपाल बैंकको नाफा भने यसपटक र अघिल्लो वर्ष बराबर एक अर्ब ३५ करोड रूपैयाँ छ।

अहिलेसम्म सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन। अघिल्लो वर्ष पुस मसान्तसम्म सबै वाणिज्य बैंकहरूको नाफा २९ अर्ब ८९ करोड रूपैयाँ रहेकोमा यो वर्षको पुससम्म नाफा २९ अर्ब २२ करोड रूपैयाँमा सीमित भएको छ।

वित्त कम्पनीलाई खासै असर नपर्ने

कोरोना महामारीका कारण वाणिज्य बैंकको नाफामा असर गरे पनि वित्त कम्पनीलाई भने खासै असर नदेखिएको लघुवित्त संघका अध्यक्ष वसन्त लम्सालले बताए। बैंकिङ च्यानलमा अधिक तरलता हुँदा सस्तो ब्याजमा रकम उपलब्ध गराएका कारण वित्त कम्पनीको नाफामा खासै असर नदेखिएको उनले बताए।

‘बैंकले सस्तो ब्याज दरमा ऋण दिएकाले अहिले त्यति धेरै असर नदेखिए पनि आगामी दिनमा सोही दरमा ब्याज पाइन्छ वा पाइँदैन भन्ने अन्योलताले गर्दा जोखिम भने कायमै छ,’ उनले भने। राष्ट्र बैंकले यसपटकदेखि आधार दरभन्दा कममा कर्जा दिन नपाउने व्यवस्था गरेकाले केही गाह्रो पर्ने सम्भावना देखिएको लम्सालले बताए। चाँडै आर्थिक अवस्थामा सुधार आउन सक्यो भने वित्त कम्पनीमा त्यति धेरै असर पर्ने उनको भनाइ छ । नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार