असार २६, २०८२ बिहिबार July 10, 2025

संसद् अधिवेशको पूर्वसन्ध्यामा म्यानमारका सांसदलाई कोरोनाको खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्यानमारका सांसदहरुलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । संसद् अधिवेशनको पूर्व सन्ध्यामा दुबै सदनका सबै सांसदलाई खोप लगाउने सरकारी निर्णय अनुसार खोप लगाइएको हो ।

उनीहरुलाई भारतको सेरम इन्स्टीच्युट्ले उत्पादन गरेको कोभिशिल्ड खोप उनीहरुलाई लगाइएको अधिकारीहरुले जानकारी दिएका छन् । म्यानमारमा हालै निर्वाचन भएर सांसदहरु निर्वाचित भएका हुन् भने अर्को हप्ता पहिलो संसद् अधिवेशन शुरु हुन लागेको हो ।

सांसद बाहेक संसद्मा खटिने सुरक्षाकर्मी तथा अन्य कर्मचारी र पदाधिकारीलाई समेत शनिबार कोरोना विरुद्धको खोप लगाइने भएको छ । अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी, स्वयमसेवीलगायतलाई भने बुधबारदेखि नै खोप लगाउन थालिएको थियो ।

म्यानमारले देशभरी सबै अत्यावश्यकपर्ने र उच्च जोखिममा रहेकालाई लगाएपछि आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । म्यानमारको प्रतिनिधिसभा बैठक आगामी सोमबार बस्ने तय भएको अधिकारीले जनाएका छन् । (सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार