असार २५, २०८२ बुधबार July 9, 2025

हजारौं रोहिंग्या शरणार्थी विवादास्पद टापूमा स्थानान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बङ्गालको खाडी नजिकै रहेको एक विवादास्पद टापूमा करिब एक हजार ७५० रोहिंग्या शरणार्थीलाई सारेको बङ्गलादेशका अधिकारीहरूले शुक्रबार बताएका छन् । उक्त टापू सुरक्षाका दृष्टिले जाखिमयुक्त रहेको भनी कतिपय शरणार्थीले बताइरहेको समयमा बङ्गलादेशले शरणार्थी स्थानान्तरण गरिएको हो ।

म्यानमारको सीमानामा रहेको बङ्गलादेशको कोक्स बजारस्थित शिविरबाट शुक्रबार र शनिबारमा करिब तीन हजार शरणार्थीलाई स्थान्तरण गर्न लागिएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । मानव अधिकारवादी समूहले दावी गरेजस्तै शरणार्थीलाई स्थानान्तरण गरी लग्न लागिएको भसन चार टापूमा कुनै समस्या नरहेको सरकारी अधिकारीको भनाइ रहेको छ ।

सन् २०१७ मा भएको बौद्धमार्गी तथा मुसलमान समुदायबीच झडप भएको भन्दै म्यानमारको सेनाले चलाउको कारबाहीपछि रखाइन राज्यलगायतका स्थानका अल्पसङ्ख्यक मुसलमान समुदायबाट विस्थापित बनी करिब १० लाख रोहिंग्याहरू खासगरी बङ्गलादेश, भारत, नेपाल, मलेसिया, इन्डोनेसियालगायत स्थानसम्म पुगेको संयुक्त राष्ट्र संघीय मानव अधिकार मामिला निकायको तथ्याङ्क रहेको छ ।

बङ्गलादेश सरकारले करिब एक लाख शरणार्थीलाई बङ्गालको खाडी नजिक रहेको भसन चार टापूमा बनाइएको शिविरमा सार्ने बङ्गलादेश सरकारको योजना रहेको छ ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार