असार २३, २०८२ सोमबार July 7, 2025

उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई साइकल वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई सिरहाको गोलबजार नगरपालिका– ९ वडा कार्यालयले साइकल वितरण गरेको छ । जनता माध्यिमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले साइकल वितरण गरेको हो ।

विद्यार्थीको मनोबल बढाउँदै दलित जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई विद्यालयसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले ‘समाजिक सद्भाव र संस्कारिक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ साइकल वितरण गरिएको वडाअध्यक्ष कामतीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया