असार २८, २०८२ शनिबार July 12, 2025

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको कमिसन बढाउन माग गर्दै आएको थिए । विक्रेताले पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन समहत भएको थिएन ।

विक्रेताले निगमले पेट्रोलियम पदार्थको कसिमन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पेट्रोलियम पदार्थ विक्रेताको कमसिन बढाएको हो । यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो । शनिबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका प्रतिनिधिबीच भएको छलफलमा निगमको सञ्चालक समितिले विक्रेताको कमिसन बढाउने निर्णय गरेको हो । सो निर्णयपछि एसोसिएसनले आइतबार गर्ने भनिएको विरोधका सबै कार्यक्रम फिर्ता लिएको निगमले जानकारी दिएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेतालाई पेट्रोलमा ०.३९५ प्रतिशत र डिजलमा ०.४७ प्रतिशत कमिसन बढाएको छ । यस भन्दाअघि विक्रेताले पेट्रोल बिक्री गरेबापत प्रतिलिटर ३ प्रतिशत र डिजलमा प्रतिलिटर २.६७ प्रतिशत कमिसन पाउने गरेका थिए । अब पेट्रोलमा प्रतिलिटर ३.३९५ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कमिसन पाउने भएका छन् । प्रवक्ता उपाध्यायले कमिसन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजलमा प्रतिलिटर औसत ३६ पैसा थप हुने बताए । उनले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगमका सञ्चालक समितिका सदस्यको संयोजकत्वमा नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसिएसनका दुई जना प्रतिनिधि, निगमका तर्फबाट समेत वरिष्ठ पदाधिकारी सदस्य रहने गरी एक उच्च स्तरीय कमिटी गठन गर्ने सहमति भएको जानकारी दिए ।

निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को संशोधनका लागि एसोसिएसनको मागअनुसार प्रतिनिधिसमेत रहने गरी विनियमावली संशोधन कमिटी गठन गर्ने निर्णयसमेत भएको उनले बताए । यसैगरी उनले निगमको डिपो कार्यालयदेखि विक्रेताको पेट्रोल पम्पसम्मको टैक ट्रक लकिङलाई थप प्रभाकारी बनाउन आधुनिक लकिङ जडान गर्ने सहमति भएको प्रवक्ता उपाध्यायले जानकारी दिए । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार