असार २८, २०८२ शनिबार July 12, 2025

संसदीय सुनुवाइका लागि पठाइएको पत्र सभामुखद्वारा फिर्ता (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले आज फिर्ता पठाएका छन् । परिषद्ले विभिन्न आयोगका पदाधिकारी तथा सदस्य नियुक्तिका लागि सिफारिश गर्दै संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।

गत पुस ३ गते पठाइएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा आयुक्त, निर्वाचन आयोगका आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको संसदीय सुनुवाइका लागि परिषद्ले प्रतिनिधिसभामा पत्राचार गरेको थियो ।

परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य, राष्ट्रिय महिला आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय दलित आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष र सदस्य, आदिवासी जनजाति आयोगका रिक्त अध्यक्ष र सदस्य, मधेशी आयोगका सदस्य, थारु आयोगका पद र मुस्लिम आयोगका सदस्यमा नियुक्तिका लागि सिफारिश गर्दै संसदीय सुनुवाएका लागि आग्रह गरेको थियो ।

नेपालको संविधानको धारा २९२ बमोजिम परिषद्ले गरेको सिफारिशलाई संसदीय सुनुवाए गरी नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सुनुवाइ समितिसमक्ष पेश गर्ने प्रयोजनका लागि परिषद्ले पठाएको पत्र फिर्ता पठाइएको उहाँको सचिवालयले जनाएको छ । ती सबै पत्र गत पुस ५ गते सङ्घीय संसद् सचिवालयमा प्राप्त भएको थियो ।परिषद्का सचिव रहनुभएका मुख्यसचिव शंकरदास वैरागीलाई सबै पत्र फिर्ता पठाइएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले भन्नुभएको छ, “नेपालको संविधानको धारा २ बमोजिम नेपाली जनतामा निहित रहेको सार्वभौमसत्ताको प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको नेतृत्व प्रदान गर्दै आएको अवस्थामा उक्त सभाको संरक्षण र प्रवद्र्धन गर्नु नेपालको संविधानबमोजिम मेरो प्रथम दायित्व र कर्तव्य रहेको छ तर उक्त सभाको विघटन भएको अवस्थामा सार्वभौम जनताको रक्षार्थ सो सभाको नेतृत्व प्रदान गर्ने प्रमुख पदाधिकारीको हैसियतले जनताको तर्फबाट मलाई प्राप्त हुन आएको निहित अधिकारको प्रयोग गर्नुपर्ने दायित्व ममाथि थपिएको छ ।”

सङ्घीय संसद् तथा सोअन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाको सभामुखमा निहित भएको उल्लेख गर्दै उहाँले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को नियम ६ बमोजिम संयुक्त बैठकको अध्यक्षता गर्ने जिम्मेवारी कानूनतः प्रतिनिधिसभाको सभामुखलाई नै रहेको बताउनुभएको छ । सभामुखको पत्रमा भनिएको छ, “संवैधानिक तथा कानूनी आधार, कारण र अवस्थालाई मध्यनजर गर्दै संसदीय सुनुवाइ गर्न नसकिने अवस्था रहेकोले तहाँबाट प्राप्त हुन आएका सक्कलै कागजात यसैसाथ संलग्न राखी फिर्ता पठाइएको छ ।”

सभामुख सापकोटाले गत पुस ५ गते प्रतिनिधिसभाको विघटन भएकाले संसदीय सुनुवाइ समिति स्वतः नै नरहेकाले सुनुवाइको प्रयोजनका लागि संघीय संसद् सचिवालयमा प्राप्त हुन आएका पत्रहरु सुनुवाइ समितिसमक्ष पेश गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुभएको छ । संवैधानिक परिषद्को सिफारिशमा विभिन्न आयोगका पदाधिकारी र सदस्यमा नियुक्ति गर्नु अगाडि सङ्घीय कानूनबमोजिम संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

यस्तो छ फिर्ता पठाईएको पत्रः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार