असार २६, २०८२ बिहिबार July 10, 2025

इजरायली प्रधानमन्त्री विरूद्धको आन्दोलन हिंसात्मक- पानीको फोहरा हानी प्रदर्शनकारीमाथी दमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भ्रष्टाचार आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामा माग्दै सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रयोग गरी हटाएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै अघि बढेका केही आन्दोलनकारीले निशेधित षेत्रमा प्रवेश गर्न खोजेको, प्रहरीमाथि पथ्थरले आक्रमण गर्दै दुव्र्यवहार गरेपछि बल प्रयोग गरिएको प्रहरीले पुष्टि गरेको छ ।

करिब १० डिग्री सेल्सियसको तापक्रम रहेको चीसो रातिमा दशौँ हजारको सङ्ख्यामा सहभागी आन्दोलनकारीले प्रधानमन्त्रीको राजिनामा माग्दै प्रदर्शनमा सहभागिता जनाएपछि उनीहरूलाई मैदानबाट हटाउन प्रहरीले पानीको फोहरा प्रयोग गरेको बताइएको छ ।

जेरूसेलममा विगत सात महिनादेखि हरेक शनिबार नेतन्याहुविरुद्धको आन्दोलन हुँदै आएको छ । झडपपछि आन्दोलनमा सहभागी कैयौँ प्रदर्शनकारीलाई प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको छ भने सुरक्षा अधिकारीसमेत केही व्यक्ति घाइते भएका छन् ।

सरकारले संसदमा विश्वासको मत पुष्टि गर्न नसकेपछि आगामी मार्च २३ मा निर्वाचनको मिति तय गरिएको भएपनि प्रदर्शनकारीहरूले प्रधानमन्त्री नेतन्याहमाथि तीन गम्भीर भ्रष्टाचारका मुद्दा लागेको, कोरोना भाइरसको महामारीका समय राज्यका तर्फबाट कुशल व्यवस्थापन गर्न नसकेको, महामारी नियन्त्रण गर्ने क्रममा सरकारले अख्तियार गरेको नीतिका कारण बेरोजगार दर दुई अङ्कले वृद्धि भएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्न असक्षम रहेको दावी आन्दोलनकारी समूहको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार