असार २८, २०८२ शनिबार July 12, 2025

उद्योग वाणिज्य सङ्घ खैरहनीमा लोकतान्त्रिक समुहका श्रेष्ठ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उद्योग वाणिज्य सङ्घ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका दीपेन श्रेष्ठ (हीरा) विजयी हुनुभएको छ । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य सङ्घको १०औँं साधारणसभा तथा पाँचौँ अधिवेशनबाट लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् ।

लोकतान्त्रिक समूहका श्रेष्ठले ७९९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्प्रर्धी प्रगतिशील समूहका शेषकुमारी ओली सडौलाले ४७६ मत प्राप्त गर्नुभयो । आज बिहान आएको अन्तिम मतपरिणामअनुसार वाणिज्यतर्फ विक्रम खड्का, कुमार खनाल, विनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी हुनुभएको छ ।

उद्योगतर्फ जगतबहादुर पाण्डे, शङ्कर कँडेल, किरण बुर्लाकोटी, कृष्णबहादुर श्रेष्ठ, अनुप अधिकारी र विक्रम चौधरी विजयी हुनुभएको हो । अधिवेशनमा एक हजार ४३० सदस्यले मतदात गरेका थिए । यसअघि सर्वसम्मत् रुपमा एशोसिएट सदस्यमा शिवराज उप्रेती निर्विरोध हुनुभएको थियो । एशोसिएट सदस्य सङ्घको तृतीय उपाध्यक्ष हुने व्यवस्था रहेको छ । अन्य पदाधिकारीको भने बैठक बसेर तय गरिने व्यवस्था रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार