असार २८, २०८२ शनिबार July 12, 2025

उद्यमी बन्दै कैनी समुदाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–७ तिलाडीका कैनी दलित समुदाय उद्यमी बन्दै गएका छन् । परम्परागतरूपमा बनाइँदै आएका बाँसबेतका सामग्रीको बजारमा माग बढ्न थालेपछि पोखरा तिलाडीका करिब २०० परिवार अहिले व्यावसायिक रुपमा सो पेशा लागेका हुन् ।

युवादेखि वृद्धवृदा अहिले बाँस निँगालो र बेतबाट दैनिक र्याक, दराज, कुर्सी, चुरा राख्ने स्ट्याण्ड , चुरेटदानी तथा धार्मिकस्थलजस्तै बस्तु निर्माण गरेका हुन् । ती सामग्री जिल्लाबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङसम्म बिक्रीवितरण गरिरहेका छन् ।

अहिले गैरदलित समुदायसमेत बाँसबेतका सामग्री बनाउने पेशामा लागेको पोखरा–७ (तिलाडी) का रमेश कैनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो पेशामा लागेको २० वर्ष भयो मासिक १५ देखि २० हजार यसै पेशाबाट कमाएको छु ।”

पहिले महाभारतको लेकबाट निँगालो र बेत ल्याउने गरेको भए पनि केही समययता सामुदायिक वनले रोक लगाएपछि बझाङबाट कच्चा पदार्थ किनेर ल्याउने गरेको उहाँले बताउनुभयो । अमरगढी नगरपालिका–७ का ती समुदायले आफ्नै गाउँमा जनकल्याण सहकारी संस्था लिमिटेड दर्ता गरेर व्यवसाय सञ्चालन गरिहेका छन् । पोखरा तिलाडीगाउँमा १०० दलित परिवार रहेका छन् । उनीहरु अहिले सहकारीमा आवद्ध भई सामूहिकरूपमा सामग्री निर्माण गरी बिक्री वितरण गर्ने गरिरहेका छन् ।

सहकारी निर्माण गरेपछि बैंकबाट ऋण लिन पनि सजिलो भएको सिर्जनशील सहकारीका अध्यक्ष प्रेम कैनीले बताउनुभयो । सामग्री बिक्रीपछि केही पैसा सहकारीमा राख्ने गरेको समेत उहाँले जानकारी दिनुभयो ।

आधुनिकता बढेसँगै निँगालो बाँसको काम गर्नका लागि आधुनिक उपकरण अभाव रहेको बताइएको छ । अध्यक्ष कैनीले भन्नुभयो “मागअनुसार सामग्री बनाउन समस्या छ । यसका लागि हामीलाई कुनै निकायबाट सहयोगको खाँचो छ । ” डडेल्धुरा जिल्लाभन्दा बाहिरी जिल्लामा बाँसबाट बनाइएका सामग्रीको माग बढी रहेको भए पनि यातायात भाडादर महङ्गो भएकाले लैजान समस्या रहेको छ ।

स्थानीयस्तरमा बनाइने सामग्री अहिलेसम्म पुरानै प्रविधिबाट काम गरिरहेकाले अब व्यावसायिकरूपमा अगाडि बढ्नका लागि नयाँ प्रविधि, ज्ञान सीप सिकाइ सहयोग आवश्यकता रहेको स्थानीय राजु कैनीले बताउनुभयोे । परम्परागत सीपलाई परिमार्जन गरी लक्षित समुदायसम्म पु¥याउनसके व्यवसाय व्यावसायिकरूपमा अगाडि बढ्न सक्ने स्थानीयवासीको भनाइ छ ।

नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले कैनी समुदायका पेशा आधुनिकीरण गर्न तालिम तथा सहकारीलाई रु दुई लाखको बीउ पूँजी सहयोग गरिएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार