असोज १४, २०८३ बुधबार September 30, 2026

नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा, सुरक्षामा कमजोरी :अमेरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अमेरिकाले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली कमजोर रहेको निष्कर्ष निकालेको छ ।

मेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा विमानस्थलको कमजोर सुरक्षाले गर्दा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा औंल्याइएको छ । नेपालमा आतंकवादको खतरा सम्वन्धमा गरिएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको विमानस्थलमा सुरक्षा अपर्याप्त र कमजोर छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको ‘प्रिस्कृन’ गरिँदैन र अवतरण गर्ने यात्रुको तथ्यांक कुनै पनि डाटावेशमा राखिँदैन ।

यात्रुहरुको भौतिक सुरक्षा जाँच झारा टार्ने खालको मात्र छ । ट्राभल डकुमेन्टको सुरक्षा सम्बन्धि कुनै व्यवस्था छैन भने डकुमेन्टको परिक्षणका लागि अल्ट्राभ्वाइलेट लाइटको विमानस्थलमा आभव छ ।’

‘नेपाल प्रहरीको विशेष ब्यूरोले करिब १० जनालाई विमानस्थलमा खटाउँछ र यसका करिब १५ अफिसरलाई इन्टरपोल नेसनल सेन्ट्रल ब्यूरोमा खटाउँछ, जुन नेपाल प्रहरीको हेडक्वार्टरमा अवस्थित छ । इन्टरपोलका सूचनाहरु एउटा डाटावेसमा राखिन्छन् तर यो डाटावेश मार्फत यात्रुहरुलाई नियमित स्कृन गरिदैन । अमेरिकाले सूचनाका लागि गरेको आग्रहमा सुरक्षा तथा अध्यागमन अधिकारीहरुले सामान्यतया रेस्पोन्स गर्छन् तर उनीहरुसँग धेरै सूचना नै हुँदैन ।’

नेपालले भारतसितको खुल्ला सीमामा पनि पर्याप्त सुरक्षा प्रबन्ध नगरेको प्रतिवेदनमा औंल्याइएको छ ।

‘एक हजार माइलको बोर्डरमा थोरै चेक प्वाइन्टहरु छन् तर त्यहाँ पर्याप्त सुरक्षा नियन्त्रण छैन । जस्तो कि, एउटा चेकप्वाइन्टमा एक जना मात्र इमिग्रेसन अफिसर उपलब्ध हुन्छन् । त्यसैले अधिकांस मानिसहरु कुनै रोकावट वा सुरक्षा जाँचविनै नेपाल प्रवेश गर्न र नेपालबाट बाहिरिन सक्छन्’ प्रतिवेदनले भनेको छ ।

सीमा सुरक्षामा स्रोत(साधनको अभाव रहेको र जनशक्तिले पर्याप्त तालिम नपाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार सन् २०१८ भरि नेपालमा कुनै अन्तर्राष्ट्रिय आतंकवादको गतिविधि भएन । घरेलु आतंकवादतर्फ विप्लव समुहले केही विष्फोटका घटनाहरु गराएको उल्लेख गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष वैश्विक आतंकवादबारे आफ्नो रिपोर्ट तयार पार्छ । यसमा विश्वभर भइरहेको आतंकवादी गतिविधिबारे उल्लेख हुन्छ । साथै आतंकवादसँग जुध्न कुन देशले के गरिरहेको छ भन्ने कुरा पनि समेटिएको हुन्छ । यही रिपोर्टका आधारमा अमेरिकी संसदले बिभिन्न देशहरुलाई दिने आर्थिक सहयोगबारे निर्णय लिन्छ ।

सन् २०१८ का आतंकवादी गतिविधिबारे ३३२ पेज लामो प्रतिवेदनमा नेपालको प्रसंग १७५ देखि १७७ पेजसम्म छ । उसले नेपालमा विप्लव माओवादीको गतिविधिलाई घरेलु आतंकवादी क्रियाकलापको संज्ञा दिएको छ ।

सन् २०१७ को चुनावताका विप्लव समूहले केही आतंकवादी गतिविधि गरे पनि सन् २०१८ मा नेपालमा बाह्य आतंकवादी कार्यहरु नभएको प्रतिवेदनमा विश्लेषण गरिएको छ । तर, पछिल्लो समय नेपालमा मुजाहिद्दीन मुस्लिम आतंकवादीले प्रभाव विस्तार गरेको अमेरिकी रिपोर्टमा दाबी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार