असार २६, २०८२ बिहिबार July 10, 2025

जापानी प्रधानमन्त्रीद्वारा ‘कन्ट्र्याक ट्रेसिंग एप’ देखिएको त्रुटिका लागि क्षमा याचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले गत जुनमा शुरू गरेको कोभिड सङ्क्रमण पत्ता लगाउने माध्यम (कन्ट्र्याक ट्रेसिंग एप) ‘कोकोआ’ मा रहेको प्राविधिक त्रुटी पत्ता लगाउन नसकेको भन्दै शुक्रबार सरकारको तर्फबाट क्षमा याचना गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘ब्लुटुथ’ नामक ‘वायरलेस’ प्रविधिको सहयोगमा उक्त एपका माध्यमबाट १५ मिनेटसम्म एक मिटरको दूरीमा रहेका व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको वा नभएको सङ्केत सङ्कलन गर्ने बताइएको थियो ।

उक्त प्रविधिले एप प्रयोगकर्ताहरूले यदि उनीहरूसँग कुनै कोभिड सङ्क्रमित अर्को व्यक्ति सम्पर्कमा आएमा एपले कोरोनाभाइरस सङ्क्रमण नतिजा पुष्टि गर्ने बताइएको थियो ।

यद्यपि एपले गत सेप्टेम्बरदेखि संक्रमित व्यक्तिहरूको नजीकमा रहेका एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूलाई सूचित गर्न असफल भएको पुष्टि भएको छ ।

“मलाई साह्रै दुः ख लागेको छ । यस विषयमा राम्ररी हेर्नु मेरो जिम्मेवारी हो ताकि यस्तो फेरि कहिल्यै हुँदैन,” सुगाले जापानको संसदीय एक समितिमा भन्नुभयो । यद्यपि प्रधानमन्त्री सुगाले स्वास्थ्यमन्त्री नोरहिसा तामुरालाई अनुशासित हुनुपर्ने विपक्षी दलको आह्वानलाई खण्डन गर्नुभएको छ ।

एपमा देखिएको प्राविधिक त्रुटीले डिजिटल टेक्नोलोजीलाई देशको विकास रणनीतिको फोकस बनाउने वाचा गरेका प्रधानमन्त्री सुगा र उहाँको नेतृत्वको सरकारलाई एक प्रकारको चोट पु¥याएको हो । महामारीलाई नियन्त्रण गर्ने सरकारी उपायहरूप्रति सार्वजनिक असन्तुष्टिको बीचमा यस असफलताले उहाँको ख्याति अनुमोदन मूल्याङ्कन सूचकाङ्क थप झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार