असार २६, २०८२ बिहिबार July 10, 2025

बेलायत पुग्ने पर्यटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो ।

बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ ।

बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने नियम बताइएको छ ।

बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ । दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको समाचारमा जनाइएको छ । (रासस-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार