असार २३, २०८२ सोमबार July 7, 2025

आफ्नै बाबुद्धारा छोरीको गोली प्रहार गरेर हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीमा बावुले गोली प्रहार गरेर छोरीको हत्या गरेका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका–१० धौबिसौनामा घरायसी विवादका क्रममा धनबहादुर महराले २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरेर हत्या गरेका हुन्।

पछाडिबाट भरूवा बन्दुकले छोरीको पिठ्युमा गोली प्रहार गरेर उनी जंगलतिर भागेको स्थानीय किशोर धामीले बताए।

घटनास्थलतर्फ पुरघाट प्रहरी चौकीबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनक धामीले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया