असार २६, २०८२ बिहिबार July 10, 2025

उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आउँदा नौको मृत्यु, दर्जनौं बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र अहिलेसम्म नौजना मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन् ।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पुर्याएको भिडियोहरूमा देखिन्छ।

हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताउनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, “सबैको कुशलताका निम्ति यतिवेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ ।” भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ ।

इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारी अनुसार हिमपहिरोका कारण आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई आइतबार प्रहरीले सकुशल उद्धार गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार