असार २६, २०८२ बिहिबार July 10, 2025

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिनुभएको छ । एक अमेरिकी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताउनुभएको हो ।

इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उहाँले दिनुभएको बताइएको छ । यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ– राष्ट्रपति बाइडेनले भन्नुभयो ।

अमेरिकाको सिबीएस न्युजलाई शुक्रबार दिएको अन्तरवार्तामा उहाँले सो कुरामा जोड दिनुभएको समाचारमा जनाइएको छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताउनुभएको थियो ।

त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताउनुभएको थियो । (रासस-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार